Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका वरिष्ठ नेता ब्रजपाल तेवतियाको हत्या प्रयास भएको छ । तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको भारतीय प्रहरीले बताएको छ ।

घटनामा भाजपा नेता र उहाँका अंगरक्षकसहित सात जना घाइते भएका छन् । गोली लागेर गम्भिर घाइते भएका नेता ब्रजपाल र उनका सुरक्षागार्डको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार भइरहेको छ ।

दुईवटा गाडीमा गएराति आएका व्यक्तिले ब्रजपालको गाडीलाई घेरेर अन्धाधुन्द गोली चलाएको उत्तर प्रदेशस्थित सुरक्षा अधिकारीहरुले बताएका छन् । आक्रमण लगत्तै सबै आक्रमणकारी भाग्न सफल भएका छन् ।

प्रहरीले अनुसन्धान जारी राखेको छ र छिट्टै आक्रमणकारी पक्राउ पर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया