Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – आज अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । अन्तर्रा्ष्ट्रिय युवा दिवस १९९९ देखि संसारभर मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले युवाका मुद्दालाई स्थापित गर्न हरेक अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ ।

युवा दिवस मनाईंरहँदा नेपालमा युवा बेरोजगारको समस्या बढ्दै गएको छ । सीप र दक्षता अनुसारको काम नपाउँदा हरेक वर्ष चार लाख भन्दा धेरै युवा विदेशिने गरेका छन् । यस्तै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपालका एक करोड सात लाख युवालाई रोजगारीको राम्रो अवसर दिनु पर्ने बताउनु भएको छ ।

दिवसको अवसरमा बिहीबार भएको कार्यक्रममा मन्त्री श्रीपाइलीले संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत र पुनःनिर्माणमा युवाको ठुलो भूमिका रहेकाले उनीहरू क्रियाशील हुनु आवश्यक रहेको बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया