Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो ।

बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे । हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरी अन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभी को सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन् । नागरिक दैनिकमा खबर छ। ‘यो…. ले बर्दीको प्रहरी कुट्ने यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा प्रकट गरिहाले । कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेछ बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए ।

उनलाई पछ्याउँदै थिइन् युवती । प्रहरीको विशेष कार्यदलको पोसा लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका विभिन्न युनिटमा जानकारी दिने काम भयो । प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए । नेपाल प्रहरीको कुल ७२ हजार ७ सय १९ जना जनशक्तिको परिचालन केन्द्र प्रहरी प्रधान कार्यालयको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसोको यो घटनामा प्रहरीले घेरेर भ्यानमा बसाएका युवक नेपाली सेनाको छाउनी ब्यारेकमा तालिम लिइरहेका दोलखाका सैनिक हवल्दार जनकबहादुर तामाङ रहेछन् ।

कुटाइ खाने जवान भने प्रहरी महानिरीक्षक निवासको सुरक्षामा खटिएका नेपाल प्रहरीका जगन्नाथ साहु रहेछन् । विवादको मुख्यपात्र भने तिनै युवती रहिछन् जो केहीबरे अघिसम्म सैनिक युवकलाई उत्तेजित गराउँदै थिइन् । महानगरीय प्रहरी वृत्त कमलपोखरीको सिआरभीले तीनैजनालाई नियन्त्रणमा लिएर कार्यालयमा लगेको थियो । वृत्तका अनुसार सबैलाई सम्बन्धित निकायको जिम्मेवारीमा बिहीबार नै छाडिएको छ ।

प्रहरी र सेना दुवैले घटनालाई आपसी लेनदेनको विष भने पनि युवतीका विषयलाई लिएर भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार तामाङ र साहु दुवैसँग निकट सम्बन्ध बनाएकी तिनै युवतीबारे बिहीबार दुई सुरक्षा निकायका जवान एकापसमा भिडेका थिए ।

तपाईको प्रतिक्रिया