Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

चितवन – प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा युवा पत्रकार प्रकाश ज्ञावली निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा आज भएको एकता भेलाले ज्ञवालीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

13977774_1273649012675604_88547319_o

सर्वसम्मत चयन गरिएको समितिको बरिष्ठ उपाध्यक्षमा सुर्य पाठक तथा अन्य उपाध्यक्षद्धयमा सुमन गैरे र प्रविण बराल रहेका छन् । यस्तै सचिवमा राजेन्द्र आचार्य, कोषध्यक्षमा सन्तोष देवकोटा र सहसचिवमा अपेक्षा चौधरीलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा सुजिता हमाल, उर्गेन तामाङ, अनिल भट्टराई, रवि अधिकारी, नविन मरहठ्ठा, सुरेन कुँवर, दानबहादुर गुरुङ, ज्योती अधिकारी, र गगन केसी चयन भएको नव निर्वाचित अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै भेलाले सुरेशचन्द्र अधिकारी, चिन्तामणि पौडेल, अनन्तप्रकाश सुवेदी, शान्ता अधिकारी, वीरवहादुर सिंजाली र गोपाल परियारलाई सल्लाहकारमा चयन गरेको छ ।
भेला पछि संक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष ज्ञावालीले प्रेस सेन्टरलाई चितवनमा ससक्त सञ्चार संस्थाको रुपमा विकास गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै आज बसेको पहिलो बैठकले पत्रकार महासंघको सदस्यताका विषयमा यसअघि सेन्टरले राखेको माग सम्वोधन गर्न जोडदार माग गरेको छ । बैठकले श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्न चितवनका सबै सञ्चार माध्यामलाई आग्रह गरेको छ ।

पत्रकारहरुको हकहित र सुरक्षाका पक्षमा दृढताका साथ प्रेस सेन्टर लागि पर्ने निर्णय गरेको छ । साथै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सरकारसँग जोडदार माग गर्नै निर्णय गरेको सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो । भेलाको नेकपा (माओवादी) केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया