Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

नुवाकोट – गोरखाबाट काठमाडौंको लागि उडेको माउन्टेन एयरको एक हेलिकोप्टर आज दिउँसो नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

fii

आज दिउँसो दुई बजे नुवाकोट जिल्लाको बुधसिंग गाविस २ महादेवस्थानमा ‘नाइन एन एएलक्यू’ कलसाइन भएको हेलिकोप्टर आकस्मिक अवतरण भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

हेलिकोप्टरमा चालकसहित पाँच जना छन् । चालक र त्यसमा सवार यात्रुहरुको नाम भने नखुलेको प्रहरीले जनाएको छ । उड्दा उड्दै इन्जिनमा खरावी देखिएपछि हेलिकोप्टरलाई चालकले सुरक्षित रुपमा अवतरण गराएको र अहिले मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यही साउन २४ गते गोरखाबाटै काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविसमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया