Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – भोलीबाट सुरु हुने नेपाली काँग्रेसको भादृ संस्था नेपाल विद्यार्थी संघ (नेबिसंघ) को महाधिवेशनको सरगर्मी बढेको छ । भोलि राजधानीको भृकुटीमण्डपमा भव्य समारोहका बिच काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने समारोहको तयारी लगभग सकिएको छ । 13886994_971033422994126_4937720133594946277_n

१० वर्षपछि औपचारिक रूपमा हुन लागको महाधिवेशनमा उम्मेदवारी दिनेहरुको पनि निकै लामो छ । तीव्र गुट र उपगुटले ग्रस्त नेबिसंघको नेतृत्वका लागि मात्र झन्डै डेढ दर्जन आकाँक्षी देखिएका छन् । पार्टीले संघको बिद्यानमा संशोधन गरेर कार्यसमितीको संख्या १ सय ५१ पु¥याएको छ । विगतदेखि नै संघमा टिके प्रथा र भागवण्डा हाबी भएका अहिले पनि निरन्तरा पाउने आकंलन पनि गरिएको छ । यद्यपि नेताहरूले विभिन्न प्रदेशबाट पदाधिकारीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबिच चर्चित नेता केशरजंग शाहीले प्रदेश नं ६ बाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

विकट जिल्ला मानिने मुगुबाट नेबिसंघको राजनीति थालेका शाही २०५४ सालमा भवानी उच्च मा वि को अध्यक्ष हुँदै जिल्ला सभापति सम्म आइपुगेका हुन् । विभिन्न आन्दोलनको अग्र भागमा रहेर राजनीतिमा सक्रिय रहेका शाहले द्धन्द्धकालमा निकै चुनौती पार गरिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने शाहीले विद्यार्थी राजनीति र शिक्षालाई व्यवस्थित गर्नुका साथै सङ्गठनलाई चुस्त दुस्त बनाउने लगायतका एजेण्डा अघि सारेका छन् ।

लामो समयसम्म विद्यार्थी राजनीति गरेको र प्रदेश नं ६ का साथै देशभर लोकप्रिय र राम्रो पकड रहेकाले आफू विद्यार्थीको रोजाइमा पर्ने उनको विश्वास छ । ३ दिनसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित १४ उपाध्यक्ष, ३ महामन्त्री, १५ सहमहामन्त्री, १ कोषध्यक्ष सहित १ सय ५१ सदस्यीय कार्यसमिती चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया