Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

;/sf/ / df]rf{aLr 5nkmn  k|wfgdGqL k'iksdn bfxfn k|wfgdGqL sfof{no l;+xb/af/df g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] pkl:yltdf ;+o'Qm nf]stflGqs dw];L df]rf{;Fu laxLaf/ 5nkmn ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच नयाँ सरकार गठन र संविधान कार्यान्वयनका सन्दर्भमा भएको तीनबँुदे सहमति कार्यान्वयसग केन्द्रित रहेर आज छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिहदरबारमा भएको उक्त छलफलमा मन्त्रिपरिषदबाट निर्णय गरेर सहमतिमा उल्लेख गरिएका विषयवस्तुमध्ये तत्काल के कति कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा गहन मन्थन भएको थियो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संविधानका अन्तर वस्तुप्रति असन्तुष्टी जनाउँदै लामो समयदेखि आन्दोलन गर्दै आएको मोर्चाबीच यही साउन १९ गते तीनबँुदे सहमति भएको थियो,
सहमतिमा काँग्रेस, माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्रीका साझा उम्मेदवार पुष्पकमल दाहालको पक्षमा मतदान गर्ने, संविधानसँग सम्बन्धित विषयमा सहमतिका आधारमा सरकारले संसद्मा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने तथा तराई–मधेसको आन्दोलनमा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ । मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेको सम्पूर्ण उपचार सरकारले गर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा खारेजी गर्नेलगायतका विषय पनि सहमतिमा परेका छन् ।
छलफलपछि सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन भएको भोलिपल्टै सहमति कार्यान्वयनमा तदारुकता देखाउनु सकारात्मक सोच रहेको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया