Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) ले केन्द्रीय समितिको संख्या बढाएको छ । पार्टीले बनाएको नेबिसंघ निर्देशन समितिको बैठकले केन्द्रीय समितिको सङ्ख्या बढाएर १ सय ५१ बनाएको हो ।

नेबिसंघ प्रबक्ता युपी लामिछानेका अनुसार नयाँ प्रावधान अनुसार एक अध्यक्षसहित १४ उपाध्याक्ष, ३ महामन्त्री, १५ सह–महामन्त्री, एक कोषाध्यक्ष रहने छन् । लामिछानेका अनुसार ७ प्रदेशबाट एक/एक जना गरी ७ जना उपाध्यक्ष, ४ जना समावेशी र ३ जना मनोनीत हुनेछन् ।

यस्तै २ महामन्त्री निर्वाचित हुनेछ भने एक जना मनोनीत हुनेछन् । यसैगरी १५ सह–महामन्त्री मध्ये प्रदेशबाट ७ जना, ४ जना समावेशी, ३ जना मनोनीत र १ जना उपत्यकाबाट हुने छन् । यसअघि १ सय २१ सदस्यीय रहँदै आएको थियो ।

समितिका सबै पदमा गरी २२ जना मनोनीत गरिने छ । आउँदो आइतबारदेखि हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेबिसंघ केन्द्रीय समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया