Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो । उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन् । दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो । उनको भिसा शंकास्पद भएको भन्दै फर्काइएको हो । कतारबाट फर्काइएकी उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । आफू भारतीय भएपछि कतार जान नेपाली पासपोर्ट लिएको उनले बताएकी छन् । Nepali-passport

म्यानपावर सञ्चालकले नै पासपोर्ट बनाइदिए

वैदेशिक रोजगारमा पठाउने व्यक्तिले नै आफूलाई नेपाली पासपोर्ट बनाइदिएको उनले विभागमा दिएको बयानमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय झापाबाट मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लिएकी हुन् । एमआरपी सक्कली भएको र भारतीयले कसरी सजिलै नेपाली पासपोर्ट लिइन् भन्ने सन्दर्भमा छानबिन अघि बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए । विभागले जिल्ला प्रशासन कार्यालय झापासँग त्यससम्बन्धी विस्तृत विवरण माग गरेको छ ।

अर्काको नामबाट पासपोर्ट लिई वैदेशिक रोजगारीमा

उनी मात्र होइन, अरू धेरै व्यक्तिहरू विभिन्न व्यक्तिको नामबाट पासपोर्ट लिई विदेश जाने गरेको अध्यागमन विभागको अनुसन्धानमा खुलेको छ । चितवन शिवनगरकी लक्ष्मी विश्वकर्मा पनि अरूकै एमआरपी लिएर कतार पुगेकी छिन् । पाल्पाकी सरिता नेपाली सार्कीको पासपोर्ट लिएर उनी कतार पुगेकी हुन् । उनी पनि श्रम स्वीकृति नलिई दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया