Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान रगतले लतपतिएकोले स्वीकार गर्न नसकिने बताउनुभएको छ । व्यवस्थापिका संसदमा यावदले मधेसी, आदीवासीको रगत बग्दा बग्दै, उनीहरुका माग सम्बोधन नगरी ल्याएको संविधान अहिले पनि स्वीकार नभएको बताउनुभयो ।

समस्यालाई सम्बोधन नगरी मुलुकलाई शान्ति र समृद्धीतर्फ जान नसक्ने भन्दै यादवले भन्नुभयो ‘जबरजस्ती लादिएको संविधान तथा रक्त  रन्जीत संविधान स्वीकार्य हुन सक्दैन थियो, र अहिले पनि छैन । अहिले संशोधन गर्ने सहमती भएको छ । यसमा हामी सकरात्मक छौं ।’

अहिलेको संविधान प्रतिगमनकारी भएकाले नयाँ सरकारले यसलाई संशोधन गर्ने भएकाले मोर्चा तथा संघीय गठबन्धनले समर्थन गरेको उहाँले बताउनुभयो । संघीय गठबन्धन र मधसी मोर्चाले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्ने भनेर भएको सहमतिका आधारमा प्रचण्डलाई समर्थन गरेको यावदले प्रष्ट पार्नुभयो ।

मधेसमा भएका घटना तथा मानव अधिकारका घटनाहरु छानविन हुने, बन्दी रिहाई, घाइँते उपचारलयागतका सर्तमा समर्थन गरेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया