Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं –व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभयो ।

k|wfgdGqL kbsf] pDd]bjf/Lsf] ;"rgf Joj:yflksf–;+;bsf] a'waf/sf] a}7sdf ;f+;b k'iksdn bfxfnn] g]kfnsf] k|wfgdGqL kbdf cfˆgf] pDd]bjf/Lsf] ;"rgf k|:t't ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

त्यस क्रममा उहाँले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा ज्यान गुमाएकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै घाइतेप्रति आफ्नो उच्च सम्मान रहेको बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेकोमा आफू ज्यादै खुसी नभएको तर सहमति अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले राष्ट्रिय मुद्दामा सहमति गर्न सकिने र प्रधानमन्त्री निर्वा्चित भएमा आफूले सहकार्य र सहमतिका निम्ति भरमग्दुर प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)बाट प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णयलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले एमालेसँगको सहकार्य जारी रहने, भूकम्पपछिको पुनःनिर्माण, शान्तिप्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन, सन्तुलित परराष्ट्र नीतिको सञ्चालन आफू नेतृत्वको सरकारको प्रमुख प्राथमिकता हुने स्पष्ट गर्नुभयो । निषेधको राजनीति नगरौ, सहमति र सहकार्यको राजनीति आफ्नो चाहना भएको पनि उहाँले बताउनुभयो ।

नेता दाहाल भन्नुभयो–“ध्र्रुवीकरण होइन आपसी विश्वास अहिलेको आवश्यकता हो, मतभेद हटाउनैपर्छ । मधेसका असन्तुष्टि अन्त्य गर्नैपर्छ । मधेस समस्या समाधान गर्न पुलको भूमिका निर्वाह गर्नेछु । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र मधेसी मोर्चाबीच तीन बुँदे सहमति भएको, भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिने, राष्ट्रिय स्वाभिमानको रक्षालगायतका विषय अगाडि बढाउने वातावरण बनेको उहाँको कथन थियो ।”

अध्यक्ष दाहालले बजेटमा राखिएको दूतमार्ग, चीन र भारतसँग भएका सन्धि सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै विगतमा आफूहरु पनि सरकारमा सहयात्री भएकाले त्यसलाई पूर्णतामा लैजाने बताउनुभयो । हुलाकी मार्ग, द्रूतमार्ग जस्ता विकास निर्माणका आयोजना विगतका सरकारले अगाडि बढाएको उल्लेख गर्दै ती आयोजना आगामी सरकारले पनि अगाडि बढाउने उहाँको कथन थियो ।

तपाईको प्रतिक्रिया