Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सोल – उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण मध्यम दुरीमा मार हान्न सक्ने क्षमता छ ।

kk

परीक्षणका क्रममा यसले करिब एक हजार किलोमिटरसम्मको दुरी पार गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण जापानका लागि गम्भीर खतराको विषय भएको बताएका छन् ।

दक्षिण कोरियाले पनि सो परीक्षणले क्षेत्रीयस्तरमा तनाव निम्त्याएको जनाएको छ । उत्तर कोरियाले पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तिब्रता दिदैं आएको छ । अमेरिका र दक्षिण कोरियाले क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तैनाथ गर्ने घोषणा गरेलगत्तै उत्तर कोरियाले त्यस्तो प्रणालीलाई ध्वस्त पार्ने चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्रको विकास र परीक्षणमा रोक लगाएको भए पनि उसले त्यस्ता प्रतिवन्धलाई लगातार उपेक्षा गर्दै आएको छ ।
उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र पूर्वी तटबाट परीक्षण गरेको दक्षिण कोरियाली अधिकारीहरुको भनाई छ । – (एजेन्सी)

तपाईको प्रतिक्रिया