Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मतदान गर्ने भएको छ ।

संसद भवनमा काँग्रेस, माओवादी र गठबन्धनको बैठकमा ३ बुँदे सहमतिपछि प्रचण्डलाई भोट दिने निर्णय गरेको हो । सहमतिमा भनिएको छ,‘मधेसी मोर्चार सङ्घीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरू मध्ये संविधानसंग सम्बन्धित रहेका विषयहरमा सहमतिको आधारमा सरकारले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने ।’

पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय छानविन आयोग गठन गर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, पीडित परिवारलाई आर्थिक सहयोग दिने लगायतका सहमति भएका छन् ।

तपाईको प्रतिक्रिया