Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – व्यवस्थापिका संसदमा केहिबेरमा प्रधानमन्त्रीको निर्वाचन सुरु हुँदै छ ।

११ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन् । मोर्चासँग काँग्रेस एमालेको छलफल चलिरहेकाले बैठक ढिला भएको बुझिएको छ । बैठक सुरु भएपछि निर्वाचन अघि २ वटा कार्यसूची राखिएका छन् । धेरै कार्यसूची नरहेकाले निर्वाचन चाँडै सकिने संसद सचिवालयले जनाएको छ । samsad

संसद सचिवालयका अनुसार पहिलो कार्यसूचीमा संविधानको धारा २९८ को उपधारा ३ र संसद नियमावली २०७३ को नियम ४९ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीको उम्मेद्वारीको सूचना प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसतै दोस्रो कार्यासूचीमा प्रधानमन्त्रीको उम्मेदवारी निर्णयाथए प्रस्तुत हुने र मतदान हुने छ । प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एकल उम्मेदवारी परेको छ ।

एमाले सहितका केही दलहरूले भने दाहालको विपक्षमा मतदान गर्ने छन् । दाहालको प्रस्तावक काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा छन् भने, समर्थक माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित १६ जना छन् ।

उनीहरूले निर्णयार्थ प्रस्तुत गर्नु अघि प्रस्तावक र समर्थकले आ–आफ्नो धारणा राख्ने छन् ।

तपाईको प्रतिक्रिया