Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – तीन दिनदेखि काँग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनले थालेको सहमति प्रयास मंगलबार साँझसम्म निष्कर्षमा नपुग्दा अलपत्र पर्ने देखिएको छ ।

बुधवार बिहानसम्म संवादमा प्रगति नभए मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्ने घोषणा गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । गठबन्धनसित ४२ सांसद छन् ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले काँग्रेस र माओवादीसँग हुन लागेको सम्झौतामा धोका भएकाले प्रधानमन्त्री चुनावमा प्रचण्डलाई भोट नहाल्ने बताउनुभयो ।

मंगलबार साँझसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको बैठक निश्कर्षबिहिन टुंगिएपछि यादवले विना सम्झौता भोट खसाल्नुको कुनै अर्थ नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया