Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

बनेपा – प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिकको अपेक्षा अनुसारको सेवा दिन नसकेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले धुलिखेलमा निर्माण गरेको प्रहरी प्रमुखको निवास उद्घाटन कार्यक्रममा उहाँले नागरिक र प्रहरीबीचको आशङ्का र खाडललाई पुर्न जरुरी छ भन्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले नागरिक र प्रहरीबीच दुरी बढे प्रहरी अपराधिको साथी हुने तर्क गर्दै प्रहरीको काम र व्यवहार जनतासँग जोडिएको हुनुपर्ने बताउनुभयो । प्रहरीले नागरिकसँग मिलेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले यातायात, सञ्चार र प्रविधिको विकासले अपराधिक मनोवृत्ति बढेको विश्लेषण गर्नुभयो ।

अपराध र अपराधिको दृष्टीकोणले काभ्रेपलाञ्चोक संवेदनशील भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सङ्गठनलाई जीवन्त राख्न नागरिकसँग मिलेर प्रहरीले काम गर्नुपर्ने बताउनुभयो । बनेपाका स्थानीय व्यवसायी रामभक्त प्रधानले प्रदान गर्नुभएको रु २९ लाख २७ हजार ८२८ को बजेटमा चार कोठासहितको प्रहरी उपरीक्षकको निवास धुलिखेलमा निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया