Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बर्दिया – विश्व बाघ दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा भएका बाघको संख्या सार्वजनिक गरिएको छ । निकुञ्जमा बयस्क ५०, अर्धबयस्क ६ र बच्चा २९ वटा गरी ८५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

Tiger

सन् २००८ मा गरिएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ थिए । सन् २०११ मा गरिएको गणना अनुसार १५ भाले र २२ पोथी गरी ३७ वटा बयस्क बाघ रहेका थिए । सन् २०१३ मा गरिएको बाघ गणनामा बाघको संख्या बढेर १६ भाले र ३४ पोथी गरी ५० वटा बयस्क पाटे बाघ रहेका थिए ।

बाघ गणना प्रत्येक चार वर्षमा गरिने भएपनि प्राकृतिक रुपमा र चोरी शिकारबाट बाघ मरेको भन्दै यसवर्ष बिचमै बाघ गणना थालिएको हो । हाल नेपालभर १ सय ९८ वटा बाघ रहेका छन् । सन् २००८ मा १ सय २१ बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको लक्ष्य रहेको छ ।

सन् २०१६ को सुरुवातमा गएको माघ ६ गते देखि ७२ दिनसम्म क्यामरा ट्रयापिङ्ग प्रविधिबाट गरिएको बाघ गणनाको संख्या बाघ दिवसको अवसर पारी सार्वजनिक गरिएको हो  ।  बाघको संख्या सार्वजनिक कार्यक्रममा बर्दिया राष्टिय निकुञ्जले सदरमुकाम गुलरियामा बाघ संरक्षण सम्बन्धी विभिन्न सचेतना कार्यक्रम पनि गरेको छ ।

तपाईको प्रतिक्रिया