Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र नेकपा माओवादी केन्द्रको आफूहरुप्रतिको व्यवहार हेर्न आतुर रहेको बताउनुभएको छ । नयाँ सरकारको कामका आधारमा समर्थन र विरोध गर्ने बताउँदै उहाँले मोर्चाको माग सम्बोधन हुने प्रतिबद्धता आए सरकारमा सहभागी हुने बताउनु भयो ।

उहाँले कांग्रेस–माओवादी केन्द्रबिच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा मधेसी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोमा सकारात्मक कदम भएको उल्लेख गर्दै भन्नुभयो, ‘उहाँहरुको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए । हामी उहाँहरुको व्यवहार हेर्न आँतुर छौँ ।’

rajendra

महतोले मोर्चाले अघि सारेका संविधानसम्बन्धी मागहरु र मधेस आन्दोलनबाट उब्जिएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता कांग्रेस र माओवादी केन्द्रले देखाए मोर्चा सरकारमा सहभागी हुने नभए बाहिर बसेरै सरकारलाई सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले कांग्रेस–माओवादी केन्द्रले मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे मोर्चा अब बन्ने सरकारमा सहभागी हुनेसमेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेबारे कुरा राख्छौं ।’

शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा अध्यक्ष महतोले अब बन्ने सरकारले कस्तो व्यवहार गर्छ त्यहीअनुरुप आफूहरु पनि चल्ने बताउनुभयो । ‘मोर्चाले अघि सारेको ११ बुँदे मागबारे उहाँहरुको प्रष्ट धारणा आउनुपर्छ, अनि मात्रै सरकारमा जाने वा नजानेवारे हामी निर्णय गर्छौं’ उहाँले भन्नुभयो ।

विगतमा पनि आफ्ना मागहरु पूरा हुने विश्वासमा मोर्चा धेरैपटक सरकारमा सहभागी भएको स्मरण गर्दै महतोले भन्नुभयो, ‘सरकारमा गएरमात्रै के हुन्छ, मुख्य कुरा हाम्रो मुद्दा हो नि, त्यसैले माग पूरा नभएसम्म हामी सरकारको स पनि उच्चारण गर्दैनौं र अरु साथीहरुले पनि गर्नुहुँदैन ।’

मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, ‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन रोक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ ।’ उहाँले गच्छदार मधेस विरोधी नेता भएको भन्दै आलोचना समेत गर्नुभयो ।

महतोले कांग्रेस र माओवादी केन्द्रले मधेसको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव पेश गरे एमालेले समर्थन गर्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेले समर्थन गरेन भने उसको मधेसको उपस्थितिलाई लिएर प्रश्न उठ्छ, एमालेले या त मधेस छाड्नुपर्यो, या मधेशको मुद्दा सम्बोधन गर्नुपर्यो, उसँग अहिले दुईवटा मात्रै विकल्प छ ।’ संविधान संशोधनको लागि मधेसी मोर्चाले संकल्प प्रस्ताव नलैजाने उहाँको दाबी थियो ।

मोर्चाले भनेजस्तै मधेसमा दुई प्रदेश भए संघीयतासम्बन्धी सिमांनको मुद्दा सम्बोधन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, तराईको भूभाग तराईमै हुनुपर्छ, यसमा सबै मिल्नुको विकल्प छैन्’ उहाँले भन्नुभयो ।

महतोले वर्तमान सरकार काम चलाउ भएपनि जनतालाई राहत दिने काममा समेत सुस्त भएको आरोप लगाउँदै भन्नुभयो, ‘ओलीजीलाई सरकार गएकोमा चिन्ता छ, मर्माहत भएका छन्, कामचलाउ सरकार भएपनि जनतालाई राहत दिने कुरा खोई ?’ उहाँले देशका विभिन्न भूभागमा बाढिपहिरोका कारण जनता दुःखमा भएको भन्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया