Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – काँग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लीनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।

गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भडकन सक्ने भएकाले काँग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेको आजको कान्तिपुर दैनिकमा खबर छ । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो । काँग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । 

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिनुभएको थियो । प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा काँग्रेस र माओवादीसहित १६ दल छन्, जसमा मोर्चा सम्मिलित सात दल छन् ।

काँग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउनेमा छ । सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास उनीहरूको छ ।

काँग्रेसबाट ‘निधिको नेतृत्व’

काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा पार्टीको तर्फबाट नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलामध्ये एकलाई नेतृत्व दिएर पठाउने सम्भावना छ । काँग्रेस र माओवादी गठबन्धन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका निधि आफैँले पार्टीको नेतृत्व गरेर जाने इच्छा देखाउनुभएको छ ।

अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले पनि त्यस्तै इच्छा राख्दै आएपनि देउवाको रोजाइ निधि या सिटौलामध्ये एक रहेको स्रोतको दाबी छ । पार्टीभित्र पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न सजिलो हुने गरी देउवाले मन्त्री छनोट सुरु गरेका छन् । निधिसँगै नेताहरू खुमबहादुर खडका, पूर्णबहादुर खडका, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँडलाई सरकार या पार्टीमा व्यवस्थापन गर्ने तयारीमा देउवा लाग्नुभएको छ ।

नयाँ अनुहार छान्दै प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं प्रस्तावित प्रधानमन्त्री प्रचण्डले पनि पार्टीभित्र मन्त्रीहरू छान्न थालेका छन् । दाहाल तत्कालीन ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई नपठाई यस पटक नयाँ अनुहार लैजाने तयारीमा रहेको माओवादीका एक नेताले बताउनुभयो । उपप्रधानसहित अर्थमन्त्रीमा कृष्णबहादुर महरा जाने चर्चा माओवादीमा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया