Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – हेपाटाइटिस ‘बी’ को भाइरल लोड परीक्षण अर्थात् रगतमा जीवाणुको मात्रा कति छ भनेर थाहा पाउने परीक्षण अब नेपालमै हुने भएको छ ।

नेपालको एकमात्र केन्द्रीय प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हेपाटाइटिस ‘बी’ को ‘एबिभी’को भाइरल लोड परीक्षण हुने प्रविधिको सफल परीक्षण भइसकेको प्रयोगशालाका माइक्रो बायोलोष्टि सुन्दर खड्काले जानकारी दिनुभयो ।

यसअघि यो जाँचका लागि भारतको भर पर्नु पथ्यो । हेपाटाइटिस ‘बी’को पनि भाइरल लोड परीक्षण गर्न हामीले दक्ष जनशक्ति र प्रविधि उत्पादन गरिसकेको खड्काले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित पूर्ण स्वचालित मेसिनको सहायताले दक्ष जनशक्तिबाट उक्त जाँच भइरहेको उँहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया