आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – सम्रगमा यो हप्ता सुनको भाउ एक सय रुपैयाँले बढेको छ । हप्ताको अन्तिम दिन शुक्रबार आज सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ५८ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन सोमबार एक सय रुपैयाँले बढ्यो । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार फेरि १ सय रुपैयाँले बढेर तोलाको ५९ हजार पुग्यो।

बिहीबार भने भाउमा घटबढ नभएको सुन शुक्रबार एक सय रुपैयाँले घटेर तोलाको ५८ हजार ९ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदी पनि यो हप्ता समग्रमा ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी ८ सय ९५ रुपैयाँ किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया