आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

डल्लास –अमेरिकाको डल्लासमा एक विरोध प्रदर्शनका क्रममा बन्दुकधारीहरुले चार प्रहरीको हत्या गरेका छन् । स्थानीय प्रहरीले कालो वर्णका दुईजनालाई गोली हानेर हत्या गरेको भन्दै विरोधमा उत्रिएका सर्वसाधारणको भीडबाटै गोली चलाइँदा चार प्रहरीको मृत्यु भएको हो ।

घटनामा संलग्न एक संदिग्धले आत्मसमर्पण गरेका छन् भने अर्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अधिकारीहरुका अनुसार गोली लागेर अन्य केही प्रहरी घाइते भएका छन् । विरोध प्रदर्शनका क्रममा अचानक गोली चल्दा त्यहाँ भागदौड मच्चिएको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया