आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – व्यवस्थापिका संसदको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मतीले पारित गरेको छ । Ayodhi-Prasad-Yadav

शुक्रवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले यादवको नाम सर्वसम्मतिबाट पारित गरेको हो । समितिले यादवको नाम पारित गरेसँगै नियुक्तका लागि अब राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।

संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संसदीय समितिको बैठकमा शुक्रवार नै यादवले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया