शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

के तपाईँ पनि निद्रामा घुर्नुहुन्छ ? कि घुर्ने बेडपार्टनरका कारण चैनले सुत्न सकिरहनुभएको छैन ? यदि त्यसो हो भने तपाईँका लागि खुसीको खबर छ ।अमेरिकन चिकित्सकहरुले घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेका छन् । त्यसका लागि न सल्यक्रिया गर्नुपर्छ, न कुनै औषधि सेवन नै । तपाईँ आफैँले सामान्य सावधानी अपनाएको भरमा घुर्न छोड्नुहुन्छ ।

हालै गरिएको एक अनुसन्धानले घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेको हो । अनुसन्धानमा संलग्न चिकित्सकहरुकाअनुसार मुख र जिब्रोको सामान्य व्यायामले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । अनुसन्धानमुलक पत्रिका ‘चेष्ट’मा प्रकाशित रिपोर्टअनुसार यसप्रकारको व्यायामले ३६ प्रतिशतमा घुर्ने समस्याबाट पूर्ण मुक्ति मिल्छ भने ५९ प्रतिशतको घुर्दा निस्किने आवाजमा निकै कमी आउँछ । बाँकीमा असर नदेखिन सक्छ ।

अमेरिकाको युनिभर्सिटी अफ केन्टुकी कलेज अफ मेडिसिनमा स्लिप ल्याबोरेटरीका चिकित्सा निर्देशक बारबारा फिलीपले भने, ‘घुर्ने समस्यासँग जुझिरहेका करौडौं मानिसहरूको लागि यो अध्ययनको निष्कर्ष निकै नै उपयोगी हुनेछ । विनासर्जरी सामान्य व्यायामको भरमा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ ।’

यसरी गर्नुहोस् व्यायाम
घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने आफ्नो जिब्रोलाई माथिल्लो पट्टी तालुतिर घुमाउनुस, फेरि यथास्थानमा ल्याउनुस् । यो प्रक्रिया बारम्बार दोहोर्याउनुस् । अब जिब्रोको टुप्पोलाई मुनितिर (तल्लोपट्टीको दाँतको भित्री भागमा) घुमाउनुहोस् र जिब्रोको पछिल्लो भागलाई तालुतिर उठाउनुहोस्, अनि ठुलो स्वरमा ‘ए’ उच्चारण गर्दै तालु तथा युभ्युला (मुखको अन्तिम र घाँटीको माथिल्लो भागमा रहेको त्यान्द्रो) लाई माथि उठाउनुहोस् ।

यो प्रकियालाई पनि दोहोर्याएर गर्नुस् । दैनिक यसप्रकारको व्यायाम गर्दा ३६ प्रतिशतमा घुर्ने समस्या पूर्णरुपमा निधान हुन्छ । ५९ प्रतिशतको घुर्दा निस्किने आवाज बिस्तारै कम हुँदै जाने रिपोर्टमा दाबी गरिएको छ ।

घुर्ने समस्यामा रहेका ३९ जना मानिसमा यो अध्ययन गरिएको थियो । यसको निकै नै प्रभावकारी असर देखियो । केहीले पूर्णरुपमा घुर्न छाडे भने केहीको आवाज बिस्तारै कम हुँदैगयो । ब्राजिल युनिभर्सिटी अफ साओपाउलोमा मुख्य लेखक जेराल्ड लरेन्जी(फिल्होले भने, ‘हाम्रो अध्ययन समूहमा यो व्यायामले घुर्ने समस्याबाट मुक्ति पाउन निकै सहयोग मिल्यो ।’

तपाईको प्रतिक्रिया