Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसी मानसिक रूपमा अस्वस्थ्य भएको भन्दै उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

डा. केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन माग गर्दै अनसनमा बस्ने जनाएपछि आइतबार साँझ अख्तियारले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको मानसिक स्वास्थ्य ठिक नरहेको, उनी भ्रष्टहरुको माखे साङ्लोमा जेलिएको भन्दै केसीको उपचार व्यवस्था मिलाउन सरकारलाई भनेको हो । साथै डा. केसी आफ्नो न्युनतम् आचरण र जिम्मेवारीबाट समेत विमुख रहेकोले उनका क्रियाकलापलाई अख्तियारले नियालीरहेको पनि प्रवक्ता कृष्णहरि पुष्करले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘भष्ट्रचार, अनाचार एवं सबैखाले बिससंगति, विरुद्धको महाअभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरुप्रती लक्षित डा.केसीको माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको घोतक हो भन्ने आयोगको ठम्याई हो । ’ विज्ञप्तिमा जनाईएको छ । अख्तियार प्रमुखमाथि लगाइको आरोप प्रमाणित गर्न चुनौती दिदैं आरोप प्रमाणित भए अख्तियार प्रमुखले सन्यास लिने पनि जनाएको छ । Govinda_KC

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. केसीले आइतबार नै पत्रकार सम्मेलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनु पर्नेसहित विभिन्न माग अघि सार्दै आमरण अनसनको घोषणा गरेका थिए ।

केसीले अख्तियार प्रमुखमाथि आफू र आफ्ना मान्छेहरूको निहित स्वार्थका लागि मेडिकल शिक्षाको क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया