काठमाडौँ – आयोजक फ्रान्स युरोकपको अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार बेलुका भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोल अन्तरले हराँउदै अन्तिम ८ मा ठाँउ पक्का गरेको हो ।
खेलको दुई मिनेटमै फ्रान्सका स्ट्राइकर पोक्बाले आयरल्याडका खेलाडीलाई डिएरियामा लडाएपछि आयरल्याण्डले पेनाल्टी पाएको थियो । पेनाल्टी मार्फत गोल गर्दै आयरल्याण्डका रोबी ब्रेडीले खेलमा सुरूआती अग्रता दिलाए ।
पहिलो हाफसम्म १/० ले पछाडि रहेको फ्रान्सले ५८ औं मिनेटमा एन्टोनी ग्रिम्यानले गोलमा फ्रान्सले खेल बराबरीमा ल्यायो । त्यस्तै एन्टोनीले नै ६१ औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सलाई जित दिलाए ।