Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक लगाएको छ ।

वार्षिक रूपमा नोक्सानी बढ्दै गएको भन्दै अख्तियारले कर्मचारीलाई प्रोत्साहन भत्ता वितरण नगर्न नगराउन ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको हो । निर्णय कार्यान्वयन गर्न अख्तियारले पत्रको बोधार्थ अर्थ मन्त्रालयलाई समेत दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अख्तियारको २३ जेठको बैठकले इपिआर प्रणलीमा रोक लगाउने निर्णय गरेको थियो । वार्षिक अबौं रुपैयाँ घाटा बेहोरिरहेको विद्युत प्राधिकरणले करिब ६६ करोड रुपैयाँ व्ययभार पर्ने गरी कर्मचारीलाई प्रोत्साहन दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया