Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालको औपचारिक घोषणा आज हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष कार्यक्रम गरी पार्टी घोषणा गर्न लागिएको हो ।

घोषणा सभामा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरू राजधानी आइसकेका छन् । घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्‍यालीसहित रंगशालामा पुग्ने कार्यक्रम तय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।

पार्टी घोषणापछि सोमबार र मंगलबार छलफल सत्रको कार्यक्रम तय गरिएको छ । यसअघि शनिवार पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालले हालसम्म १ लाख १४ हजार ५ सय ४६ जनालाई सदस्यता वितरण गरिएको जानकारी दिएको छ । अहिलेसम्म सदस्यता लगायतका शुल्कबाट १ करोड ७६ लाख ६५ हजार ३ सय आम्दानी देखाएको नयाँ शक्तिले पार्टी घोषणासभामा १ करोड ५ लाख खर्च हुने प्रारम्भिक विवरण देखाएको छ ।

तपाईको प्रतिक्रिया