Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै नेपाल भ्रमण गराउनका लागि पहल सुरु गरेको छ ।

सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको जनाईएको छ । चिनियाँ राष्ट्रपति सीलाई असोजको अन्त्यमा स्वागत गर्ने तयारी गरिरहेको नेपाल सरकारले त्यसलगत्तै वा अघि हुने गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी पनि थालिएको स्रोतको दाबी छ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । नेपालको निमन्त्रणा प्रस्तावमा भारत सकारात्मक भए पनि मुखर्जीले कहिले भ्रमण गर्ने भन्ने यकिन भने भइसकेको छैन ।

नेपालका तर्फबाट लगातार भारतको भ्रमण हुने तर भारतको तर्फबाट विरलै हुने भन्दै नेपालले विभिन्न तहबाट भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका लागि आग्रह गरिरहेको जानकारी परराष्ट्र सम्बद्ध अधिकारीले दिए। भारतका कुनै पनि राष्ट्रपतिले १९ वर्षदेखि नेपाल भ्रमण गरेका छैनन् । सकेसम्म सन् २०१६ मा नै नेपाल भ्रमण गराउने गरी गृहकार्य अगाडि बढाइरहेको परराष्ट्रमन्त्री कमल थापाले बताउनुभयो । साउथ चाइना मर्निङ पोस्टले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने संकेत गरेको छ । नयाँ दिल्लीमा असोज २९ र ३० मा हुने व्रिक सम्मेलनमा भाग लिन जानुअघि वा भाग लिएर फर्कने क्रममा उनको नेपाल भ्रमण हुने सम्भावना रहेको बताइएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका लागि रक्षामन्त्री भीम रावल चीन जान सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् । नेपालका प्रायजसो सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने गरेको भए पनि सत्र वर्षपछाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअगाडि नेपालको भ्रमण गरेका थिए । नेपाली अधिकारीहरूका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका लागि लामो समयदेखि गम्भीर रूपमा पहल भइरहेको छ र यसले छिटै नयाँ निष्कर्ष दिने आजको कान्तिपुर दैनिकमा खबर छ । 

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गरेपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना छ । राष्ट्रपतिको भ्रमण अकस्मात् रद्द भएपछि असन्तुष्ट भएको भारतले पहिला नेपालका राष्ट्रपतिको भारत भ्रमणको अपेक्षा गरेको छ । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले आफू राजदूत रहँदा समेत भारतीय राष्ट्र्रपतिको भ्रमणका लागि निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया