Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

चितवन – चितवन प्रहरीले २२ हजार ७ सय ८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरीका अनुसार उनीहरूलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बिमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने २२ वर्षीय मनोज बुढा र सोही ठाउँका ३३ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरिएको जनाए । उनका अनुसार डलर बोकेर हिँड्न स्वीकृति चाहिनेमा कुनै पनि कागजपत्र नभेटिएकाले पक्राउ गरिएको छ ।

जेठ २७ गते पक्राउ परेका उनीहरूलाई अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया