Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ ।

नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएर आठ महिनापछि पार्टी घोषणा गर्न लागेका हुन् । पार्टी स्थापना सभालाई व्यवस्थित गर्नका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा सभा व्यवस्थापना समिति र १४ वटा उपसमितिमार्फत गठन गरेर तयारी अन्तिम चरणमा पुर्याएको छ ।

पार्टी घोषणा सभामा सहभागी हुनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाएको छ । एक संस्थापक सदस्यहरूबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पाटीभित्रबाटै संकलन हुने नयाँ शक्ति नेपालले जनाएको आजको समाचारपत्रमा समाचार छ ।

पार्टीका अनुसार १५ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार र सहयोग रसिदबाट पनि आर्थिक सङ्कलन गर्ने तयारी गरेको बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया