Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उक्त अवसरमा दुवै परराष्ट्रमन्त्रीले नेपाल–भारत द्विपक्षीय सम्बन्धको वर्तमान स्थितिको पुनरावलोकन गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । दुवै नेताले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न विभिन्न स्तरमा नियमित रूपमा विचारको आदानप्रदानको महत्वमाथि जोड दिनुभएको थियो । भेटका अवसरमा भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका विदेश सचिव डा.एस जयशङ्कर र सहसचिव (उत्तर) अभय ठाकुर तथा नेपालका तर्फबाट भारतका लागि कावा राजदूत कृष्णप्रसाद ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) प्रकाशकुमार सुवेदीको पनि सहभागिता थियो ।

त्यसअघि उपप्रधानमन्त्री थापाले प्रेस क्लब अफ इन्डियामा आयोजित मिट द प्रेस कार्यक्रममा सञ्चारकर्मीलाई तथा नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनमा आयोजित बेग्लै कार्यक्रममा बुद्धिजीवी र कूटनीतिक समुदायको भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित प्रतिनिधिद्वारा जारी गरिएको संविधान मार्फत नेपालले शान्ति, प्रजातन्त्र र समावेशी प्रणालीलाई सुदृढ गर्न गरेको प्रगतिबारे प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया