काठमाडौँ – अमेरिकाले मधेसमा जारी समस्याप्रती चासो देखाएको छ ।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग वार्ता मार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको हो । अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वास समेत व्यक्त गरेको छ ।
नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री केपी शर्मा ओलीलाई भेटी सरकारको प्रयासमा साथ दिने आशय व्यक्त गर्नुभएको आजको नागरिक दैनिकमा समाचार छ ।