Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह, स्व.पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा लगायतका विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ ।

रामेछापको दोरम्बा हत्याकाण्डका पीडित १५ परिवारले बिहीबार आयोगको कार्यालय बबरमहलमा उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरूले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन पनि माग गरेका हुन् । पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा, चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेल लगायतका विरुद्ध जाहेरी दिएको बताइएको छ ।

उक्त घटना हुदाँ कमल थापा गृहमन्त्री, अनन्तराज शर्मा पाण्डे गृहसचिव, प्यारजंग थापा प्रधानसेनापति हुनुहुन्थ्यो । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको समयमा राज्यपक्षद्वारा माओवादी जनसरकार प्रमसखर बाबुरमा लामासहित २२ जना माओवादी नेताकार्यकर्ताको सामूहिक हत्या गरिएको निवेदकहरुको दाबी गरेको आजको राजधानी दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया