काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दले राजधानी सहित देशभरको जनजीवन प्रभावित भएको छ ।
राजधानीमा बन्दको आशिंक प्रभाव परेको छ भने राजधानी बाहिर पनि त्रासका कारण भए पनि बन्दको प्रभाव राजधानीमा भन्दा बाहिर केही बढी परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । राजधानीका चोकचोकमा कुनै अप्रिय घटना हुन नदिनका लागि चोकचोकमा सुरक्षाकर्मी खटिएका देखिन्छन् तर बन्दकर्ता भने त्यति सडकमा देखिएका छैनन् । ‘विप्लव’ माओवादीले बन्द शान्तिपूर्ण हुने जनाएपनि यो समाचार तयार पार्दा सम्म राजधानीको कोटेश्वरमा २ वटा ट्याक्सी तोडफोड गरेका छन् भने त्रिपुरेश्वरमा साझा यातायातमाथी ढुंगा प्रहार भएको छ ।
यस्तै, प्रहरीले राजधानीका विभिन्न ठाउँबाट बन्दै गराउँदै हिडेका करिब २ दर्जन कार्यकर्ता पक्राउ गरेको छ । बिप्लब नेतृत्वको माओवादीले गिरफ्तारी, झुठा मुदा, कालोबजारी, भष्ट्रचार र महँगी बिरुद्व सम्पूर्ण राजबन्दीको रिहाईका लागि बन्द आह्वान गरिएको जनाएको छ । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना पूर्ण रूपमा बन्द रहेका छन् भने बाइक, टेम्पो लगायतका केही साधनहरू आंशिक रूपमा चलिरहेका छन् ।