Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले राजधानी सहित देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीमा बिहानै बन्दको आशिँक मात्र असर देख्न सकिन्थ्यो ।

सधैँ झैँ म बिहानै समुद्रपारिको कार्यालय बागबजारमा आउनका लागी म मेरो कोठा रानीबारीबाट अफिसतीर लम्बिए । तर आज अन्य दिनको जस्तो गाडी पाउने आशा त थिएन् त्यै पनि कोही कसैसँग लिफ्ट माग्छु भन्ने झिनो आस भने राखेको थियो । रानीबारीबाट लाजिम्पाट सांग्रिला होटल नजिकै आएर एकछिन गाडी कुर्ने निर्णय सहित म त्यै उभिए । तर रत्नपार्क तर्फ आउने कुनै पनि भाडाका गाडी चलेका थिएन् यद्यपि, रत्नपार्कबाट चक्रपथ तर्फ जाने केही टेम्पो, माईक्रो, ट्याक्सी र बाईकहरु पनि चलेका देखिनन्थे । केही समय त्यही उभिएपछि केही बाईकसँग लिफ्ट माग्नुपर्यो भनेर बाईकलाई हात दिए तर कुनै पनि बाईकले रोकेनन् । नेपालमा भएको लामो समयको नाकाबन्दीका बेला धेरै बाईकहरुले लिफ्ट दिएर राम्रो काम गरेको सुनको थिए तर बन्दका बेला त्यो देखिएन् । देखियोस पनि कसरी वाईक रोक्यो भने न बन्दकर्ता नै हो कि भनेर नरोकेका होलान् सायद । त्यसपश्चात ६ बजे आईपुग्नु अफिसका लागि ढिला हुने भएकाले म हिडेरै अफिस आउने निर्णय गरे र अफिसतर्फ लागे ।

लाजिम्पाट देखि बागबजार सम्म आँउदा कहीँ कतै पनि बन्दकर्ता भने देखिएनन् तर सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने चोकचोकमा देखिन्थे । केही मोटरसाइकल र ट्याक्सी बाहेक अन्य सवारीसाधन त्यति देखिएनन् । सधैँ जाम र भीड देखिने बाटो आज सुनसान थियो । लैनचौर सम्म आईपुग्दा रत्नपार्कतीर आउँदै गरेको एउटा माइक्रो बस त भेटियो तर त्यो बसले नरोकेपछि हिड्नुबाहेक अन्य विकल्प थिएन् । परराष्ट्र मन्त्रालयमा सधैँ झैँ आज पनि राह्दानी लिनेको भिड थियो तर हिजो अस्तिको तुलनामा कम । त्यँहाको माहोल यसो निहाले र सोचे नेपालमा रोजगार नपाएर विदेश जान्छु भनेर राह्दानी बनाउन पनि सुख छैन् नेपाली यु्वालाई । बन्दको दिन पनि बिहान बिहानै कँहाबाट हिडेर सास्ती भोगेर राह्दानी बनाउन आउनुपर्ने बाध्यता छ । सरकारले हरेक दिन युवाहरूलाई देशमै रोजगार दिने गफ दिँदै हिड्छ तर, खै कँहा छ युवाहरूलाई रोजगार । नेपालमै रोजगार दिन नसक्ने नेताहरू र सरकारले आम युवा र मजदुरीलाई आफ्नो किसिमले गरेर खान त देऊ । banda

आफ्नो तरिकाले गरेर पनि खान नदिने र रोजगार दिन नसक्ने सरकारले अझै जनताका लागि राजनीति गरेको भन्नु कति लज्जास्पद कुरा हो । एक दिनको बन्दले कति मजदुर भोकभोकै मर्न बाध्य होलान् एकपल्ट सोचौ त ? आफ्ना माग पुरा गर्नका लागि विभिन्न राजनीतिक दलले बन्द गर्दा देशको अर्थतन्त्र ध्वस्त हुन थालिसक्यो त्यता पनि सोच्ने हो कि अब ? बन्द गर्ने र बन्द शान्तिपूर्ण बनाउने घोषणा गर्छन् नेताहरू तर सधैजसोका बन्दमा तोडफोड त भैहाल्छ । आजको बन्दमा पनि हालसम्म कोटेश्वरमा २ वटा ट्याक्सी जलाईएको खबर प्राप्त भएको छ । ट्याक्सी चालककले भागेर ज्यान जोगाए रे ?

यदि राजनीतिक दलले पक्कै पनि देश र जनताका लागि केही गर्न खोजेका हुन् भने जनतालाई आजित पार्ने गरी गरिने बन्द रोक्नैपर्छ । त्यसपश्चात करिब आधा घण्टाको अन्तरालमा कार्यालय आईपुगेर आफ्नो नियमित कार्यमा लाग्न थाले ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया