Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटकबीचको पार्टी एकताले नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको बताउनुभएको छ ।

उहाँले माओवादी केन्द्रले अब जनतामा जाने प्रक्रिया थालेकाले एकताबाट नयाँ आन्दोलनको थालनी हुने बताउनुभयो । पार्टीको बुटवलमा आयोजित प्रदेश नं ५ को एकता भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एकताले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश दिएको चर्चा गर्नु भयो । विभिन्न विवाद र बहसले विगतमा पार्टी विभाजित भए पनि ऐतिहासिक आवश्यकताले पुनः क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएको भन्दै दाहालले जनताको मन जितेर अब पार्टी बलियो हुने बताउनुभयो ।

पार्टी एकतामा मोहन वैद्यलाई ल्याउने धेरै प्रयास गरे पनि वैद्यले समयानुसार माक्र्सवादलाई बोध गर्न नसक्नाले प्रयास सफल हुन नसकेको बताउँदै उहाँले बाबुरामले माक्र्सवाद नै छोडेको भन्दै आलोचना गर्नुभयो ।

तपाईको प्रतिक्रिया