Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

मोरङ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरू सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पुरै अवधि टिक्न दिनुपर्ने दाबी गर्नुभयो । सरकार परिवर्तनको खेलमा लागे त्यो देश र जनताका लागि दुर्भाग्य हुने उहाँको जिकीर थियो ।

सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने पनि उँहाले बताउनुभयो । स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको भन्दै हालको सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

तपाईको प्रतिक्रिया