काठमाडौँ – कोपा अमेरिका फुटबलको दोस्रो खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई पराजित गरेको छ ।
अमेरिकाको सिकागोमा बुधवार बिहान भएको खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । अमेरिका लागि खेलको ९ औँ मिनेटमा क्लिन्ट डेम्सेको गोलबाट अमेरिकाले सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ३७ औँ मिनेटमा जोन्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४२ औँ मिनेटमा उडले गोल गरेपछि अमेरिका पहिलो हाफमै ३–० को अग्रता यो ।
दोस्रो हाफको ८७ औँ मिनेटमा ग्राह्म जुसीले गोल गरेपछि अमेरिका ४–० को फराकिलो गोल अन्तरले विजयी भयो । अमेरिकाको दुई खेलमा यो पहिलो जित हो । उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको अमेरिका दुई खेलबाट ३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने एक खेलमात्रै खेलेको कोलम्बिया ३ अंकका साथ दोस्रो स्थानमा छ ।
पाराग्वे १ अंकका साथ तेस्रो र कोष्टारिका अंकविहीन छ ।-एजेन्सी