Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – फ्रान्सले काठमाडौँ उपत्यकाभित्र सहरी केबलकार सञ्चालन परियोजनासम्बन्धी एक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकार समक्ष पेस गरेको छ । नेपालका लागि फ्रान्सेली राजदूत यभ्स कार्मोनाले भौतिक योजना तथा निर्माण मन्त्रालयलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

फ्रान्सेली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार ग्रिन इनर्जीबाट सञ्चालन गर्न सकिने भएकाले सहरी केबलकार मोनोरेल वा मेट्रो रेलभन्दा भरपर्दो, द्रुत निर्माण गर्न सकिने उत्तम खालको रहेको सम्भाव्यता अध्ययनले देखाएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

काठमाडौँ उपत्यकाका लगनखेल–जमल, टंकेश्वर–गोंगबु बसपार्क, कलंकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमतीमा चार लाइनका केबलकार सञ्जाल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया