काठमाडौँ – वरिष्ठ संगीतकार अम्बर गुरुङको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि ३ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।
गुरुङको शव १०ः५१ मा ग्राण्डी अस्पतालबाट निकालेर केहीबर अस्पताल प्राङ्गढको मन्दिरमा राखेपछि प्रज्ञा प्रतिष्ठान राखिने जनाईएको छ । कमलादीमा श्रद्धाञ्जलीका लागि राखेर गुरुङको शव अन्तिम दाहसंस्कारका लागि आजै पशुपति आर्यघाट लगिने छ ।
उनको उपचारको क्रममा बिहान २ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको थियो ।