तत्कालीन राजा महेन्द्रको पालामा पूर्व–पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग उद्घाटन हुँदै थियो । सो कार्यक्रममा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी पनि उपस्थित थिइन् । कार्यक्रम उद्घाटन गर्दै गर्दा प्रधानमन्त्री गान्धीले राजा महेन्द्रसँग गूनासो पोखिन् । ‘हामीसँग एकपटक पनि नसोधी यो राजमार्ग उद्घाटन किन गरियो ।’ उनको आसय यो थियो कि महेन्द्र राजमार्गको आधिपत्य भारतको हातमा हुनुपर्छ ।
यो बिहारको रोटी, बेटी र भूगोलसँग जोडिएको समेत उनको आसय थियो । यद्यपि, भारतले ठूलो चल्याख्याँई गरेर मधेसलाई महेन्द्र राजमार्गभन्दा तल पारेको थियो । गान्धीले मधेस भारततर्फ हुने आसयका साथ गूनासो गरेको बुझेर बडो चतु¥याईपूर्वक राजा महेन्द्रले गोर्खाली सेनाको प्रसंग झिके र उक्त सेनाले विश्वलाई हल्लाइदिएको र भारतीय उच्च ओहोदामा बस्नेहरुको सुरक्षा समेत उनीहरुले गरेको प्रसंग सुनाए ।
सोही प्रसंगमा थप्दै उनले त्यसो हो भने विश्वनै गोर्खालीहरुको हुनुपर्ने जिकिर समेत उनले गरेपछि प्रधानमन्त्री गान्धी चकित परिन् र त्यो कार्यक्रम भएको केही समयमै भारतीय उच्च ओहोदाको सुरक्षा गार्डबाट गोर्खाली सेनाहरुलाई झिकिएको थियो र त्यसको केही समयभित्रै इन्दिरा गान्धीको हत्या भएका खबरहरु बाहिर आए ।
पाठकवृन्द ! उल्लेखित प्रसंगलाई यहाँ नेपाल–भारतको पछिल्लो सम्बन्धसँग जोड्न खोजिएको छ । नेपाल–भारत सम्बन्ध युगौदेखिको हो । तर पछिल्ला समय यी दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । नेपालको राजनीतिक घटनाक्रमका बीचमा नयाँसंविधान जारी भएयता त भौतिक रुपमै नेपाल–भारतबीच कटूताहरु बढेका छन् ।
नाकाबन्दी, मधेस आन्दोलन हुदै तीव्र वाकयुद्धबाट यी दुई देश गुज्रिरहेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीको भारत र चीन भ्रमणपछि पुनः नेपाल–भारतबीच कटूता बढेको छ । नेपालले चीनसँग गरेका पारवाहन लगायतका सम्झौताहरुबाट भारतको टाउको दुखिरहेको छ ।
त्यतिमात्र होइन, केही दिनअघि चीनले काठमाण्डौ लक्ष्यित रेलसेवाको सुरुवात गरेपछि भारतीय मिडियाहरुले काठमाण्डौँ बेइजिङतर्फ झुकेको भन्दै समाचारहरु प्रकाशित गरिरहेका छन् ।
यसले काठमाण्डौँ दिल्लीलाई थप कुटताको माखेसाङलोमा बेरिदिएको धेरेको बुझाई छ । भारत किन यति धेरै नेपालप्रति संकिर्ण हुँदै आयो त ?
जानकारहरु भन्ने गर्छन यो उसको छिमेकीहरुलाई हेर्ने सयौं वर्षअघिदेखिको आफ्नो दृष्टिकोणबाट चलिरहेको छ र साना छिमेकीहरुप्रति उ निकै कठोर हुने उसको चरित्र बनेको छ । राज्यको सयौं वर्षअघिदेखिको रणनीतिको प्रभाव भारतीय नागरिकहरुमा समेत परेको छ । जसका कारण एउटा सामान्यदेखि विश्वप्रसिद्ध भारतीय नागरिकहरु समेत नेपालविरुद्ध वक्तव्यवाजी गरिरहेका हुन्छन् । यसले नेपालीहरुलाई पनि भारतविरुद्ध लड्न उर्जा र प्रोत्साहन गर्दे आइरहेको छ ।
यो प्रवृत्ति पछिल्लो समयमा ह्वात्तै बढेर गएको छ । जसको परिणाम शनिबार थानकोट प्रहरीले भारतीय प्रहरी पोसकमै भेटिएका उसका जवान र उनीसँग मूकाबिला गर्न नसकेको यथार्थले पनि प्रस्ट पार्छ ।
किन हेपेरै छिर्छन् भारतीय सैनिक र प्रहरी ?
जब–जब नेपालमा राजनीतिक परिवर्तन भारतको प्रतिकूल हुनेगर्छ, तब उसले आफ्नो आन्तारिक रणनीतिमार्फत सबै हत्कण्डाहरु प्रयोग गर्छ । यसको ज्वलन्त उदारहण हो, नयाँसंविधान जारी भएलगत्तै कैलालीमा सुरु भएको मधेसी थारुहरुको आन्दोलनमा भारतीय प्रहरीहरुको घुसपैठ ।
नयाँ संविधान ल्याउँदै गर्दा र ल्याइसकेपछि पनि भारतीय प्रहरीका जवानहरु मधेसी आन्दोलनमा सादा पोसाकमा नेपाल घुसेका समाचारहरु बाहिर आइरहेका थिए ।
आन्दोलनकारीहरुलाई सघाउने तर नेपाली सेना र प्रहरीलाई नसघाएका दृष्यहरु खुल्लेआम बाहिर आएका थिए । यो भारतको नेपाललाई खुल्लेआम चूनौती मात्र होइन, तल्लो स्तरको हेपाहा प्रवृत्ति पनि भएको जानकारहरु बताउँछन् ।
कैलाली घटनामा आफ्नौ माथिल्लो स्तरको प्रहरी अधिकृत मारिदा समेत नेपाल सरकार मौन रहेका घटनामा हामी सबै साक्षी छौ । त्यति धेरै ठूलो उपद्रो थारुआन्दोलनकारीहरुले मात्र गर्देनन् भन्ने नेपाललाई थाहा छ, तर भारतले खुल्लेआमा सीमा नाकामा सुरक्षा चूनौती छ भनेर देखाउनकै लागि पनि सो रक्तपातपूर्ण नाटक मञ्चन गरेको रिपोर्टहरु आइरहेका थिए । तर भैदियो त्यस्तै सयौं नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनपर्यो । मधेस आन्दोलनका क्रममा यस्ता थुप्रै घटनाहरु सीमामा भएका छन् ।
निर्दोष प्रहरीमाथि आगो लगाउने समेत काम भएका छन् तर शनिबार ड्रेससहित काठमाण्डौँ आएका भारतीय प्रहरी जवानलाई प्रहरीले विनासर्त छाडेको रिपोर्ट बाहिर आएको छ । यो नेपाली सुरक्षा मामलमा ठूलो हेलचेक्राइ हो । यद्यपि, उनीहरुले विहारका न्यायधीशसहित आफुहरु नेपाल छिरेको बताएका छन् ।
कसरी आए भारतीय प्रहरी काठमाण्डौँसम्म ?
शनिबार बिहान थानकोट प्रहरी चौकीको नियमित चेकजाँचको क्रममा नेपाली पुलिसले उनीहरुलाई ड्रेसमै देख्यो । त्यसपछि उनीमाथि ड्रेसमै किन र कहाँबाट आएको भन्दै सोधपुछ समेत भयो ।
भारतीय प्रहरीले आफुहरु आफ्नो मुलुकको उच्च अधिकारी (विहारी न्यायधीशसँगै) र उनको सुरक्षाका लागि यहाँ आएको बताए । त्यसपछि थानकोट प्रहरीले उनीहरुलाई ड्रेस नलगाइकन काठमाण्डौँ घुम्न निर्देशन दिएर छाडिएका समाचारहरु बाहिर आएका छन् । भारतीय प्रहरीले बिहारबाट आएका न्यायाधीश किन र कसको निर्देशनमा यसरी आए भन्ने खुलाएको छैन ।
उनीहरु परिवारसहित घुम्न काठमाण्डौँ आएको बताएका छन् । दुई देशका सम्बन्धित निकायसँग समन्वय नगरी भिन्न मुलुकको अधिकारी आफ्नो सुरक्षा गार्डसहित राजधानी कसरी छि¥यो यो विषय आफैमा गम्भीर छ । यद्यपि, उनीहरुलाई तुरुन्तै काठमाण्डौँ सहरभित्र सुमद्रमा छाडेको माछाको शैलीमा छाडियो ।
भिन्न देशका सुरक्षाकर्मी आफ्नो देशको राजधानीमै खुल्लेआम ड्रेससहित आइपुग्दा नेपालको सुरक्षा निकाय के हेरेर बस्यो ?
ड्रेससहित नेपाली सीमाभित्र पस्ने वित्तिक्कै उनीहरुमाथि लाग्ने कानूनी मापदण्ड त परै जाओस् सामान्य सोधपुछकै भरमा उनीहरुलाई छाडिनु काठमाण्डौँको सुरक्षाको दृष्टिकोणले पनि गम्भीर विषय हो ।
यो सवालमा सरोकारवालाहरु किन मौन छन् ? यी घटनाहरुलाई कैलालीकै शैलीमा बेवास्ता गर्दै गए कतै काठमाण्डुमा समेत रक्तपातपूर्ण नाटक मञ्चन नहोला भन्न सकिन्न् । बेलैमा चेतना भया ।