कोलकात्ता – इंग्ल्याण्डलाई चार विकेटले पराजित गर्दै वेष्ट इण्डिजले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
कोलकाताको इडेन गार्डेनमा आइतबार राति सम्पन्न फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले दुई बल बाँकी छँदै भेट्टायो ।
यसअघि कोलकाताको इडेन गार्डेन रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।