आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – अवैधरुपमा गोली राखेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका निलम्बित सांसद् ल्हारक्याल लामालाई प्रहरीले वैदेशिक रोजगारीको ठगी प्रकरणमा आज पुनः पक्राउ गरेको छ ।

वैदेशिक रोजगार विभागमा परेको पुरानो उजुरीेमा छानबिन गर्न लामालाई पक्राउ गरिएको विभागका प्रवक्ता जनक रेग्मीले जानकारी दिनुभयो । लामाले गरेको ठगीका सम्बन्धमा बुधबारबाट छानबिन सुरु गरिने र सो अवधिमा लामा प्रहरीको नियन्त्रणमा रहने प्रवक्ता रेग्मीले बताउनुभयो ।

अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमाफागुन ३० गते जाँच गर्दा १४ राउन्ड गोली बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया