आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – सहिद तथा बेपत्ता परिवारका छोराछोरीको पठनपाठनका लागि अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ आयोजना गरिएको होली विशेष कार्यक्रममा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुभएको छ ।

सुदूरपश्चिमका एमाओवादीका नेता तथा कार्यकर्ता अध्यक्ष दाहालको निवास लाजिम्पाटमा पुगी होलीको सुरुवात गरेका थिए ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल बहुसंस्कृतिको धनी मुलुक भएकाले पुराना संस्कृतिलाई पनि सामाजिक सेवाका लागि मनाउनु राम्रो काम भएको बताउनुभयो ।

पर्व तथा संस्कृतिलाई पुनित कार्यमा सहयोग गर्ने लक्ष्य राख्नुभएको अध्यक्ष दाहालले सहभागी सबैलाई धन्यवाद दिनुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा होली पूर्णिमा अगावै दुई÷तीन दिन पहिले नै होली मनाउने गरिन्छ । सुदूरपश्चिम नेपालमा राना थारू समुदायले पनि यो पर्वलाई होली पूर्णिमाको अघिल्लो दिन मनाउने प्रचलन रहेको छ ।

अध्यक्ष दाहालले सो अवसरमा सहिद तथा बेपत्ता परिवारका छोराछोरीका लागि स्थापना गर्न लागिएको अक्षयकोषमा रु ५० हजार सहयोग गर्नुभएको एमाओवादी कञ्चनपुरका जिल्ला सदस्य ओमविक्रम भाटले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया