आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बाँके – कालीकोटमा विमान दुर्घटनामा ज्यान गुमाएका चालकको सम्मानमा बाँके राँझा चोकमा सालिक राख्न पहल थालिएको छ ।

एयर काष्ठमण्डपको जहाज दुर्घटनामा ‘आफू मरेर यात्रु बचाउने’ चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामकरण तथा सालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा विमानस्थलतर्फ जाने चोकमा दुवै जनाको सालिक स्थापना गर्न सिफारिस गरेको हो ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइन एनएजेभी जहाज कालीकोटको चिल्खाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो ।
जहाजमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गर्ने क्रममा नेपालगन्ज- १६ कोरियनपुर निवासी २९ वर्षीय चालक दिनेश र पाल्पा स्थायी घर भई काठमाडौंमा बस्दै आएका २७ वर्षीय सहचालक सन्तोषको मृत्यु भएको थियो । जहाजमा सवार अन्य नौजना यात्रुको भने ज्यान जोगिएको थियो ।

तपाईको प्रतिक्रिया