आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बेइजिङ – चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङबीच आज भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भई पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् ।
नेपाल र चीनबीचस्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्नेलगायतका सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको विकासमा चीनले पुर्याउने सहयोगका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया