आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

मोरङ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ । जिपी कोइराला फाउन्डेसन विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दैै नेत्री कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई अनुरोध गर्नुभयो ।
सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा कोइरालाले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अब सबै मिलेर मुलुकको आर्थिक क्रान्तिमा लाग्नुपर्छ ।” युवाशक्तिलाई स्वदेशमै रोजगारी दिलाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा कोइरालाको जोड थियो ।
दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उहाँको भनाइ थियो । काँग्रेसले दह्रो प्रतिपक्षकै रुपमा बसेर संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया