आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युवाको एतिहासिक यात्राको सुरुवात गर्नुभएको छ । अमेरिकी पूर्व राष्ट्रपति केल्विन कूलिज पछि क्युवा भ्रमणमा जाने ओबामा ८८ वर्षमा पहिलो राष्ट्रपति हुन् ।
ओबामाले क्युवामा राष्ट्रपति राहुल क्यास्ट्रोसँग भेट गर्ने कार्यक्रम भएपनि फिडेल क्यास्ट्रोसँग भने उनले भेट गर्ने कार्यक्रम छैन । भेटघाटमा ओबामले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग अमेरिका तथा क्युवा बीचको व्यापार तथा राजनीतिक सम्बन्ध सुधार बारे चर्चा गर्ने बीबीसीले जनाएको छ ।
ओबामा क्युवाको राजधानी हवाना पुग्नु भन्दा केही अघि क्युवामा राजनीतिक बन्दीको रिहाइको माग गर्दै प्रदर्शन गर्ने ‘लेडिज इन हृवाइट’ समूहका महिलालाई हटाइएको छ । ओबामाको यात्रालाई अमेरिका र क्युवाको विग्रिएको सम्वन्ध सुधारको रुपमा लिइएको छ ।
क्युवामाथि ५४ वर्ष देखि अमेरिकाको आर्थिक प्रतिवन्ध जारी रहेको छ ।

तपाईको प्रतिक्रिया