सयौं पार्टीहरु छन् नेपालमा। दर्जनौं पार्टीहरुबाट सयौं सांसद जन्मिएका छन् । प्रत्यक पार्टीमा नेताहरु छन् । म नेता हुँ भन्ने महामानबहरु त लाखौं छन् नेपालमा। तर, पनि सबै नेपाली भन्छन् नेता नै भएन हाम्रो नेपालमा ।
मैले पनि धेरै सोचें अनी खोजें पनि नेपालमा नेता छ कि छैन भनेर, बिडम्बना मैले पनि नेता नै भेटिन । नेता छन् त मात्र कोही पार्टीका, कोही जातिका, कोही अपराधीका, कोही रङका त कोही धर्मका तर कोही छैन रहेछन् नेपालीका लागि नेता। सम्पूर्ण नेपाल मेरो हो सम्पूर्ण नेपालको उन्नती प्रगतीमा मेरो जिम्मेवारी छ भन्ने कुनै पनि थरिबाट एउटै नेता देख्न सकिन । सम्पूर्ण नेपाली मेरो जनता हो उनीहरुको भविश्य कोर्ने मेरो जिम्मा हो भन्ने भावना बोकेको पनि कुनै दल विशेषबाट कोही भेटिन । तसर्थ, अति दुःखको कुरा नेतावीहिन देश नेपाल भन्न परेको छ मैले आज । किनकी कोही नेपाली कसैलाई नेता मान्न तयार नै छैन ।
यदी हाम्रो देशमा नेता हुँदो हो त प्रत्यक बर्ष किन सरकार बदल्नु पर्थ्यो ? किन पालैपालो प्रधानमन्त्री हुन कहिले कुन त कहिले कुन सम्झौता गर्नु पर्थ्यो ? किन चुनावमा हारेकाहरु मन्त्री, प्रधानमन्त्री बन्थे ? किन महिनौसम्म पनि भुकम्पपीडित पालमुनी चिसोले कठ्याङ्ग्रीदै बस्नु पर्थ्यो ? किन लोडसेडिङ, ग्यास र तेलको जातोमुनी उहिलेदेखि अहिलेसम्म पिस्सिदै हामी बस्नु पर्थ्यो ? यी सबै घटनाक्रम एकचोटी हैन लगातार घटिरहेछ ईतिहासदेखि अहिलेसम्म । किनकी हाम्रो देशमा कुनै राष्ट्र नेताको आगमन नै हुन सकेको छैन आजसम्म । हाम्रो देशमा नेता छैन भन्दा म नै हुँ नेता भन्नेहरु थुप्रै छन् तर अफसोचः बाहिर जति बुर्कुसी मारे पनि आफ्नो तनमन, परिवार र नातागोताभित्र खुम्चिएर अन्त पर कही पुग्न सकेको देखिदैन। त्यो बन्धन तोडेर क्षितिजसम्म पुग्न अनी देख्न सक्ने एक साहसी बिबेकी अनी दुरदर्सी नेताको पर्खाइमा बसिरहेछ नेपाल।
हुन त हाम्रो पनि गल्ती छ । त्यो गल्ती के हो भने अरुले नै आएर गरिदेओस् भन्ने एक खालको भित्री चाहना छ हामीमा । जसले गर्दा हामीसँग भएका बाटा, कुवा पधेरा, नहर, कुलो, विद्यालय पनि जिर्णोदार बन्दै गैरहेको छ । तसर्थ, हामीमा पनि यो देशमा भएको सम्पूर्ण कुरा हाम्रो सम्पति हो, मेरो सम्पति हो, यसको संरक्षण÷संबद्र्धन गर्नु मेरो कर्तब्य हो भन्ने बोध भित्री मनबाट आउनु अत्यन्त्त जरुरी छ । अनी यसलाई व्यबहारमा लगाउनु पनि अत्यावश्यक छ । यदी हामीले अल्छि नगरि कृषिलाई मात्र पनि औधोगीकरण गर्न सके नेपालबाट बर्सेनी खाधान्नको लागि विदेशिने अरबौं रकम नेपालमै रोक्न सकिन्छ जसले हजारौं रोजगारीको श्रीजना गर्नुका साथै देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्दछ । तसर्थ, हाम्रो अल्छिपनालाई हटाउनु पनि आजको हाम्रो चुनौती हो । हुन त हामीले जाँगर चलायौ भने पनि हामीलाई काम गर्न नदिने देशद्रोही पनि यहाँ थुप्रै छन् जुन राजनीतिको व्यापार गरेर बारम्बार देश बन्द गरिरहन्छन् अनी हामीलाई तड्पाएर रमाउँछन् उनिहरु । तर, भन्छन् ती पाजिहरु म यो देशको नेता । यस्तै, बकम्फुसे देशद्रोहीहरुलाई पराजित गर्ने सम्पूर्ण नेपालीको नेताको खाचो छ यहाँ। जब नेता हुन्छ, यहाँ बन्द हडताल बिलिन भएर जानेछ ।
हाम्रो देश पानीको देश, हाम्रो देश जडिबुटिको देश, हाम्रो देश हिमालको देश यसको मतलब हाम्रो देश अपार सम्भावना बोकेको देश । यस्तो सम्भावना हुँदाहुँदै पनि गरीब देशको गरीब नेपाली हामी । किन हामी गरीब त ? एउटै मात्र कारण छ हामी गरीब हुनुमा हाम्रो देशको सरकार, जुन नेताविहीन छ– नेत्रित्वविहीन छ। यदी धेरै डाँडाहरु भएकोले गर्दा प्रसस्तै हावा डाँडामा चल्ने गर्दछ जसलाई डाईनामिक इनर्जीमा परिवर्तन गर्न सके नेपाललाई पुग्ने प्रसस्त बिजुली निकाल्न सकिन्छ। पानीबाट बिजुली निकालेर बिदेशमा निर्यात गर्न सकिन्छ। बिजुली प्रसस्त भए बिजुलीले ग्यास , तेल यावत कुरालाई हटाउन सकिन्छ । खै यस्ता कुरालाई सरकारले अती गम्भिर भएर चिन्तन मनन गरेको ? खै सरकारले पारदर्शी तवरले यस्ता दैनिक उपभोग्य प्रविधिमा गम्भिर भएर लगानी गरेको ? हाम्रो देशमा यसरी देशको बारेमा, देशको पिर बेदनाको बारेमा चिन्तन मनन गर्ने अनी दूरदर्शीता भएको, विवेकी नेता नभएकोले गर्दा प्रत्यक बर्ष बनाइने योजना अनी एनजिओ, आईएनजीओको लगानी बालुवामा पानी भईरहेको छ । तसर्थ, हाम्रो देशलाई आफ्नो घर र सम्पूर्ण नेपालीलाई आफ्नो परिवार देख्न सक्ने त्यागी दिलदार शाहसी दूरदर्शी एक नेताको खाँचो छ । हे भगवान आजसम्म त हामीलाई नेताविहीन देश बनायौ, अब त अती भया बिन्ती छ भगवान, बिन्ती छ । दया गरेर एक नेपाली नेता नेपालीको लागि देऊ, ताकी अब अर्को पुस्ताले ढुक्कले यात्राा गर्न सकोस्, ढुक्कले खान सकोस् अनी दिन भर ग्यास र तेलको लाईन बस्न नपरोस् ।